प्रतिनिधि सभाको समानुपातिकतर्फ १० लाख मत कटेपछि मतदातालाई ओलीको धन्यवाद

 मंसिर ९, २०७९ शुक्रबार १३:५२:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रतिनिधि सभाको समानुपातिकतर्फ १० लाख मत कटेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदातालाई धन्यवाद दिनुभएको छ ।

उहाँले १० लाख भन्दा धेरै मत दिएकोमा मतदातालाई धन्यवाद दिनु भएको हो । सामाजिक सञ्जालमार्फत ओलीले सबै मतदातालाई धन्यवाद दिनुभएको हो । एमालेले सुरुवातदेखि नै समानुपातिकतर्फ अग्रता बनाएको छ । अहिलेसम्म ११ लाख ५७ हजार ९ सय ६५ मत प्राप्त गरेको छ ।

यस्तै, कांग्रेसले ११ लाख ८ सय ९ मत पाएको छ । यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टीले ५ लाख ४३ हजार ८ सय ५२ मत पाएको छ भने माओवादी केन्द्रले ५ लाख २ हजार २ सय ४८ मत पाएको छ । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया