इलाम-२ मा ११४ मतकाे अन्तरले सुवास नेम्वाङ्ग विजयी

 मंसिर १०, २०७९ शनिबार २२:५८:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

इलाम – इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ बाट नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङ्ग विजयी हुनुभएकाे छ । एमालेका उपाध्यक्ष एवं पूर्वसभामुख नेम्वाङले ३० हजार २० मतका साथ विजय विजयी हुनुभएकाे छ ।

कांग्रेसका डम्बरबहादुर खड्कासँग उहाँकाे कडा प्रतिस्पर्धा थियाे । खड्काले २९ हजार ९०६ मत प्राप्त गर्नुभएकाे छ । नेम्वाङ जम्मा ११४ मतकाे अन्तरले विजयी हुनभएकाे छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया