प्रतिनिधि सभा समानुपातिकतर्फ ८२ लाख ४६ हजार मत गणना : एकीकृत समाजवादीको २ लाख १४ हजार नाघ्यो

 मंसिर ११, २०७९ आइतबार ७:१६:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रतिनिधि सभा समानुपातिकतर्फ अहिलेसम्म ८२ लाख ४६ हजार ६ सय ३० मत गणना भएको छ ।

यो विवरण अनुसार एमालेको अग्रता कायमै छ । कांग्रेस र माओवादी क्रमशः दोस्रो र तेस्रो बनेका छन् । निर्वाचन आयोगको आज बिहान ७ बजेसम्मको विवरण अनुसार एमालेले समानुपातिकतर्फ २२ लाख ७७ हजार २९० मत प्राप्त गरेको छ ।

त्यस्तै नेपाली कांग्रेसले २१ लाख ७२ हजार २२०, माओवादी केन्द्रले ९ लाख ५२ हजार ८३१ मत पाएको छ । प्रतिनिधि सभा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी चौथोमा छ । उसले ९ लाख १५ हजार ४८३, राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ लाख ८३ हजार ८०६, जनता समाजवादी पार्टी, नेपालले २ लाख ७४ हजार २३४, नेकपा (एकीकृत समाजवादी) २ लाख १४ हजार ७५२, जनमत पार्टीले २ लाख ९ हजार ८२७, नागरिक उन्मुक्ति पार्टीले १ लाख ९६ हजार ६६५ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १ लाख १५ हजार १८८ मत प्राप्त गरेको छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया