कोरियाको रोजगारीका लागि भाषा परीक्षाको आवेदन दिने मिति तोकियो

 मंसिर १२, २०७९ सोमबार १३:५७:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कोरियाको कृषि तथा पशुपालन क्षेत्रमा रोजगारीका लागि भाषा परीक्षाको आवेदन दिने मिति तोकिएको छ ।

कृषि तथा पशुपालन क्षेत्रमा रोजगारीका लागि जान इच्छुक नेपालीले आउँदो पुस ४ गतेदेखि ८ गते अर्थात् १९ डिसेम्बर देखि २३ डिसेम्बर भित्र अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । परीक्षा आवेदन अनलाइनबाट मात्र दिन सकिन्छ । आवेदन फारम https://eoers.epsnepal.gov.np मा गई भर्न सकिन्छ । आवेदन भर्ने तरिका पनि यही पेजमा गएर हेर्न सकिन्छ । 

कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षाको पहिलो चरणको परीक्षा आउँदो माघ १६ गतेदेखि माघ २७ गतेसम्म हुने छ भने दोस्रो चरणको परीक्षा फागुन ८ गतेदेखि फागुन २६ गतेसम्म हुनेछ । सबै परीक्षाहरू काठमाण्डौमा नै सञ्चालन हुने छ । एक दिनमा ४ सिफ्टमा परीक्षा सञ्चालन गरिने ईपीएस कोरिया शाखाले जनाएको छ । तर आवेदकको सङ्ख्या र अन्य विविध कारण आइपरेमा परीक्षा तालिका फेरबदल पनि हुन सक्ने छ । 

यस्तै भाषा परीक्षामा उत्तीर्ण भएकाहरूको पहिलो चरणको सीप परीक्षण फागुन ३ गतेदेखि ५ गतेसम्म हुने छ भने दोस्रो चरणको सीप परीक्षण चैत १ गतेदेखि ३ गतेसम्म हुनेछ । 

भाषा परीक्षामा प्राप्त गरेको अङ्कको आधारमा अधिकतम अङ्क प्राप्त गर्ने मध्ये रोष्टरमा सूचीकृत गर्न पहिलो चरण र दोस्रो चरणमा गरी पास भएका करिब ६ हजार जनाको अन्तिम नजिता प्रकाशित हुने पनि शाखाले जनाएको छ । तर कोरियाको मागको आधारमा उत्तीर्णको सङ्ख्यामा थपघट पनि हुन सक्ने छ । भाषा र सीप परीक्षण दुवैमा पास भएकाहरुले मात्र कोरियाको रोजगार आवेदन फारम भर्न पाउने छन् ।

आवेदकको उमेर १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको हुनु पर्ने छ भने फौजदारी अभियोगमा अदालतबाट कसुरदार नभएको हुनुपर्छ । थप जानकारी ईपीएस कोरिया शाखाको वेबसाइटमा गएर हेर्न सकिन्छ ।

यसअघि नै पनि कोरिया गएर गैह्र कानुनी गतिविधिमा संलग्न भएर वा गैह्र कानुनी रूपमा कोरियामा बसेर फर्किएको भएमा आवेदन फारम भर्न पाइने छैन । कोरियामा ई ९ र ई १० भिसामा पाँच वर्ष भन्दा कम अवधि बसेको भएमा भने फारम भर्न मिल्छ । 

परीक्षा शुल्क २८ अमेरिकी डलर लाग्ने छ । आवेदकले फारम दर्ता गराउने दिन वा त्यसको अघिल्लो दिन २८ डलर बराबर नेपाल राष्ट्र बैङ्कले तोकेको विनिमय दरका हिसाबबाट हुन आउने नेपाली रुपैयाँ ग्लोबल आइएमई बैङ्कको जुनसुकै शाखा र आइएमई पे, फोन पे, ई सेवा, खल्ती र कनेक्ट आईपीएसमार्फत तिर्न सकिन्छ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • Indra bahadur Thapa magarthapa

    Dec. 1, 2022, 3:17 p.m.

    Famar

  •  0 Reply
  • Asmita phuyal

    Nov. 29, 2022, 12:48 p.m.

    I am interested

  •  0 Reply

तपाईको प्रतिक्रिया