सुदूरपश्चिम १९ वर्षमुनिको पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा

 मंसिर १४, २०७९ बुधबार १९:४१:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : क्यान

काठमाण्डाै – सुदूरपश्चिम प्रदेश १९ वर्षमुनिको पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज बुधवार भएको खेलमा मधेस प्रदेशलाई सात विकेटले हराएर सुदूरपश्चिम उपाधि नजिकै पुगेको हो । उसले खेलेका सबै पाँच वटा खेल नै जितेको छ ।

मधेसले दिएको एक सय २३ रनको लक्ष्य सुदूरपश्चिमले १८ ओभर ५ बलमा तीन विकेट गुमाउँदै भेटायो । सुदूरपश्चिमको जितमा दीपक बोहराले सर्वाधिक ५३ रन बनाए ।

आजै मूलपानी मैदानमा भएकाे खेलमा लुम्बिनी प्रदेशले वाग्मती प्रदेशलाई ८५ रनले हरायो । लुम्बिनीले दिएको दुई सय ३५ रनको लक्ष्य पछ्याएको वाग्मतीले ३५ ओभर ३ बलमा सबै विकेट गुमाएर मात्र एक सय ४९ रन बनाउन सक्यो ।

पाँच खेलमा आठ अङ्कका साथ वाग्मती दोस्रो स्थानमा रहेको छ । लुम्बिनीको चार खेलबाट छ अङ्क भएको छ ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया