किम्फमा ‘बाघको ब‌ङ्गारा’ प्रिमियर हुने

 मंसिर १५, २०७९ बिहिबार ७:२६:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मंसिर २२ गतेदेखि काठमाण्डौमा सुरु हुने अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ) को २०औँ संस्करणमा मह सिकारीको कथा समेटिएको फिल्म ‘बाघको बङ्गारा’को प्रिमियर हुने भएको छ ।

टेलिभिजन कार्यक्रम ‘हेर्ने कथा’ की सञ्चालिका विद्या चापागाईँ निर्माता र कमलकुमार निर्देशक रहेको यो फिल्ममा उत्तरी जाजरकोटका बासिन्दाले अप्ठ्यारो भिरमा चढेर गर्ने मह सिकारको कथा समेटिएको छ । 

हेर्ने कथा कार्यक्रम तयार पार्ने सिलसिलामा यो फिल्म बनाइएको निर्मात्री चापागाईँले भन्नुभयो । निकै मेहनत र कठिनाइपूर्वक फिल्मको दृश्य खिचिएको कमलकुमारको भनाइ छ । 

मंसिर २२ देखि २६ सम्म आयोजना हुने फेस्टिभलको पहिलो दिन ‘बाघको बङ्गारा’ प्रिमियर गर्ने तयारी छ । 

यो वर्ष किम्फमा ३० देशका ६० भन्दा बढी फिल्म प्रदर्शन गरिने आयोजक हिमाल एसोसिएशनले जनाएको छ । फेस्टिभल राष्ट्रिय सभागृह र पर्यटन बोर्डमा चल्नेछ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया