धनुषा जीप दुर्घटना अपडेट : ज्यान गुमाउने पाँच जनाकाे पहिचान खुल्याे

 मंसिर १७, २०७९ शनिबार १०:३८:८ | सुजीत झा
unn.prixa.net

धनुषा -  पूर्व पश्चिम राजमार्ग अन्तर्गत धनुषाको वीरेन्द्रबजारमा भएकाे जीप दुर्घटनामा ज्यान गुमाउने पाँच जनाकाे पहिचान खुलेकाे छ ।

दुर्घटनामा मुखियापट्टी मुसहरिनियाँ तुल्सियाहीकी ३५ वर्षीया रुवि साह, महोत्तरी पीपरा गाउँपालिका–२ का ११ वर्षीय एस कुमार साह, रामगोपालपुर नगरपालिका ससौलाका दुई दिदी–बहिनी १३ वर्षीया सृजन साह र १८ वर्षीया मञ्जु साह तथा जीप चालक धनुषाका धनौजी गाउँपालिका–४ का २५ वर्षीय अब्दुल मन्सुरकाे ज्यान गएकाे हाे । 

आज बिहान महोत्तरीको पीपरा गाउँपालिका गम्हरियाका जन्ती बाेकेर इँटहरीबाट फर्किँदै गरेकाे बा १ ज ८२९६ नम्बरको जीपलाई माछा बाेकेकाे ज १ च १४९६ नम्बरकाे जीपले ठक्कर दिएकाे हाे । दुर्घटनामा ९ जना घाइते भएका छन् ।

घाइते हुनेमा महोत्तरीको लोहारपट्टि–४ बगरा बस्ने १४ वर्षीया प्रतिका साह, १८ वर्षीया कविताकुमारी साह, धनुषाको मुखियापट्टि मुसरनिया–४ बस्ने ३५ वर्षीय सञ्जय साह, ३ वर्षीया बालिका अरूसा साह, ६ वर्षीय  अर्वण साह, १० वर्षीय आयुषकुमार साह, महोत्तरीको पिपरा–२ बस्ने २६ वर्षीया प्रियङ्का साह, ५ वर्षीया प्रतिका साह र ४ वर्षीय अंशु साह रहेका छन् । उनीहरुकाे  प्रादेशिक अस्पताल धनुषामा उपचार भइरहेकाे छ। घाइतेमध्ये एक जना महिलाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । 

धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले ठक्कर दिने जीप र जीपका चालक इलाका प्रहरी कार्यालय ढल्केबरको नियन्त्रणमा रहेको जानकारी दिनुभयाे ।

 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुजीत झा

सुजीत झा धनुषाका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया