धनुषा : प्रभु यादवको हत्या आराेपमा दुई जना पक्राउ

 मंसिर १७, २०७९ शनिबार ११:५६:४८ | सुजीत झा
unn.prixa.net

धनुषा - धनुषाको मिथिला बिहारी नगरपालिका-४ कजरा रमौलका ५३ वर्षीय प्रभु यादवको हत्यामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कजरा रमौलका ४१ वर्षीय लालबाबु यादव र ३१ वर्षीय सुरेश यादव रहेका छन् । बिहीवार राति दुई पक्षीय विवाद भएपछि प्रभु यादवको हत्या भएको थियो । 

बिहीवार राति स्थानीय सुरज यादवसहितकाे समूहले घरेलु हतियारसहित घरमै आएर आक्रमण गरेपछि घटनास्थलमै बुबाको ज्यान गएकाे प्रभुका छोरा अशोकले बताउनुभयाे । घरमा खाना खाएर बुबा दैलोमा आगो ताप्न बसेको बेला सुरज यादवसहित १० जनाको समूहले बञ्चरो, खुकुरीसहित आक्रमण गरेका उहाँले बताउनुभयाे । 

झन्डै दुई महिनाअघि सुरजकाे बाख्राले प्रभुको बाली खाएको विषयलाई लिएर विवाद भएको थियो । गाउँलेहरूको भेलामा प्रभुसँग सुरजले माफी मागेका थिए । बिहीवार रातिको आक्रमण त्यही घटनासँग सम्बन्धित रहेको अनुमान गरिएको छ । 

घटनामा प्रभुकी श्रीमती महाजनी देवी, जेठा छोरा जगरनाथ, माहिला छोरा सन्तोष र कान्छा छाेरा आशोक घाइते भएका छन् । सन्तोषको टाउकोमा १८ वटा टाँका लगाइएको छ भने अन्य सामान्य घाइते छन् । उनीहरूको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ ।

घटनामा संलग्न अन्य फरार रहेका र उनीहरुकाे खाेजी भइरहेकाे प्रहरी नायब उपरीक्षक रायले बताउनुभयाे । पक्राउ परेका दुवै जना मुख्य आराेपित सुरजका छिमेकी रहेका बताइएको छ ।

यस्तै, ब्रह्मदेव यादव, शिव यादव, सञ्जीव यादव, रोहन यादव लगायत अन्य व्यक्ति पनि घटनामा स‌ंलग्न रहेका प्रहरीले जनाएकाे छ । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुजीत झा

सुजीत झा धनुषाका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया