स्याङ्जा–२ मा कांग्रेसका धनराज गुरुङको जित सुनिश्चित

 मंसिर १७, २०७९ शनिबार १७:२४:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

स्याङ्जा – प्रतिनिधि सभातर्फ मतगणना भइरहेको स्याङ्जाको क्षेत्र नम्बर–२ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङको जित सुनिश्चित भएको छ ।

गुरुङ नेकपा एमालेका उम्मेदवार पद्मा अर्यालभन्दा ५ हजार ९ सय ७५ मतले अगाडि हुनुहुन्छ । गुरुङले २९ हजार ५ सय ६६ र अर्यालले २३ हजार ५९१ मत प्राप्त गर्नुभएको छ । अब गणना गर्न बाँकी मत ४ हजार ८ सय ७१ छ ।

चापाकोट नगरपालिकाको वडा नं– ८,९ र १० मात्र गणना हुँन बाँकी रहेको छ । स्याङजा–२ मा मंसिर ४ गते भएको मतदानमा विवाद भएपछि १० दिनसम्म गणना रोकिएको थियो ।

अन्तिम अपडेट: साउन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया