दार्चुलाको नेपाल–भारत सीमा क्षेत्रमा आवतजावत सुरु, दुवै देशका अधिकारीबीच छलफल

भारतले महाकालीमा बनाउँदै गरेको तटबन्धबारे प्राविधिक अध्ययन गर्ने सहमति

 मंसिर १८, २०७९ आइतबार १९:४९:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

दार्चुला – दार्चुलाको सदरमुकाम खलङ्गालाई जोखिममा पार्ने गरी भारतले महाकाली नदीमा तटबन्ध निर्माण गरेपछि दिउँसो नेपाल–भारत सीमा क्षेत्रमा भएको विवाद अहिले समाधान भएको छ ।  

नेपाली नागरिकले तटबन्धको विरोध गर्दा भारतीय पक्षले ढुङ्गा हानेको भन्दै दिउँसो पुलमासमेत आवतजावत बन्द गरिएको थियो । दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय र भारतको धार्चुलाका एसडीएमबीच कुराकानी भएपछि पुलमा आवतजावत सुरु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयाे । दुवै देशका सरकारी कर्मचारीबीच भएको छलफलमा प्राविधिक टोलीले अध्ययन गरेपछि मात्रै भारतले तटबन्धन निर्माण गर्ने सहमति भएपछि सीमा नाका खुला गरिएको उहाँले बताउनुभयो ।

भारतले नेपालतर्फ महाकाली नदीको धार फर्काउने गरेर तटबन्ध निर्माण गरिरहेको भन्दै दार्चुलाका स्थानीयवासीले विरोध गरेका थिए । उनीहरूले विरोध गर्दा भारतीय पक्षले ढुङ्गा हानेको थियो । यस घटना चार जना नेपाली घाइते भएकाे स्थानीयले बताए पनि पुष्टि हुन बाँकी रहेको प्रहरी कार्यालयका प्रवक्ता शाहीले बताउनुभयो ।

भारतले केही दिनयता तटबन्ध निर्माणलाई तीव्रता दिएको छ । नदीको धार परिवर्तन हुने गरी निर्माण भइरहेको तटबन्धले सदरमुकाम खलङ्गा जोखिममा पर्न सक्ने भन्दै स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयवासीले भारतसामु नेपाली प्रशासन निरीह भएको आरोप लगाउँदै तटबन्ध निर्माण कार्य तत्कालै रोकिनुपर्ने माग गर्दै आएका छन् ।

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया