बङ्लादेशमा वायु प्रदूषणका कारण शारीरिक र मानसिक स्वास्थ्यमा खतरा

 मंसिर १९, २०७९ सोमबार १०:५६:४३ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

बङ्लादेशमा वायु प्रदूषणका कारण शारीरिक र मानसिक स्वास्थ्यमा जोखिम बढेको एक अध्ययनले देखाएको छ । प्रदूषणका कारण श्वासप्रश्वासमा समस्या, खोकी, तल्लो श्वासनलीमा सङ्क्रमणका साथै डिप्रेसन र अन्य स्वास्थ्य समस्याको जोखिम बढेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

‘ब्रेथिङ हेभी : न्यू एभिडेन्स अन एयर पोलुशन एण्ड हेल्थ इन बङ्लादेश’ नामक प्रतिवेदनले ढाका र सिलहट सहरमा शारीरिक र मानसिक स्वास्थ्यमा वायु प्रदूषणको प्रभावको मूल्याङ्कन गरेको छ । प्रदूषणका कारण पाँच वर्षमुनिका बालबालिकाहरु, ज्येष्ठ नागरिक र मधुमेह, मुटु वा श्वासप्रश्वासको अवस्था जस्ता अन्य रोग भएका व्यक्तिहरू सबैभन्दा असुरक्षित रहेको प्रतिवेदनमा भनिएको छ ।

प्रतिवेदनले स्वास्थ्यमा वायु प्रदूषणको प्रभाव कम गर्न, सार्वजनिक स्वास्थ्य सेवाहरू र प्रतिक्रिया संयन्त्रहरू सुधार गर्न, वायु प्रदूषण तथ्याङ्क निगरानी प्रणालीमा सुधार गर्न र लगानी गर्न तथा थप अनुसन्धानमा संलग्नसहित तत्काल सावधानीका कार्यहरू गर्न अनुरोध समेत गरेको छ ।

अध्ययनले ढाका सहरमा प्रमुख निर्माण र लगातार ट्राफिक भएका ठाउँहरु वायु प्रदूषणको उच्चतम स्तर रहेको पत्ता लगाएको छ । प्रतिवेदनअनुसार सन् २०१९ मा वायु प्रदूषणजन्य समस्याका कारण बङ्लादेशमा ७८ हजार १४५ देखि ८८ हजार २२९ जनाको ज्यान गएको थियो ।

अन्तिम अपडेट: साउन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया