अर्थ मन्त्रालयद्वारा खर्च कटौतीको निर्णय, साढे १० अर्ब रुपैयाँ ब...
माघ १७, २०७९ मंगलबार
दाेलखा - प्रतिनिधि सभातर्फ नतिजा आउन बाँकी दोलखाको मतगणना रोचक बन्दै गएको छ ।
सत्ता गठबन्धनका तर्फबाट माओवादीका गंगा कार्की र एमालेका बालकृष्ण शिवाकोटीबीच कडा प्रतिस्पर्धा छ । हिजो बिहानसम्म शिवाकोटीले अग्रता लिनुभएकोमा दिउँसोदेखि कार्कीले अग्रता लिनुभएको थियो ।
आज बिहान फेरि एमालेका शिवाकोटीले अग्रता लिनुभएको थियो । तर, फेरि अहिले माओवादीका कार्कीले अग्रता लिनु भएको छ । पछिल्लो मतपरिणामअनुसार कार्कीले ३६ हजार २ सय ९१ मत पाउनु भएको छ । शिवाकोटीको ३५ हजार ८ सय ५ मत छ । उहाँहरुबीच ४ सय ८६ मतान्तर रहेको छ । फेरि शिवाकाेटीले मतान्तर घटाउँदै लैजानु भएकाे छ ।