नारायणगाेपाल स्मृति सम्मान गीतकार थापा र सङ्गीतकार गुरुङलाई

 मंसिर १९, २०७९ सोमबार २०:३६:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – स्वरसम्राट नारायण गोपालको ३२ औँ पुण्यस्मृतिमा वरिष्ठ गीतकार राजेन्द्र थापा र सङ्गीतकार प्रकाश गुरुङलाई सम्मान गरिएको छ । स्वरसम्राट नारायण गोपालको ३२ औँ पुण्यस्मृतिका अवसरमा आज साेमवार काठमाण्डाैमा आयोजित एक कार्यक्रमबीच अग्रज श्रष्टाद्वय थापा र गुरुङलाई नारायणगोपाल स्मृति सम्मान एवम् पुरस्कार प्रदान गरिएको हो । 

सम्मान कार्यक्रममा बोल्दै वरिष्ठ गीतकार राजेन्द्र थापाले नारायणगोपालको स्वरमा भएको मिठासका बारेमा अध्ययन हुन जरुरी रहेको बताउनुभयो । उहाँले नारायणगोपालको सालिक, प्रतिष्ठान एउटा नाममा मात्रै सीमित नभइ समग्र गीत/सङ्गीत नै समाविष्ट रहेको प्रतिमूर्तिका रूपमा चित्रण गर्नुभयो । उहाँले नारायणगोपालले ३० को दशकमा आफूलाई राजेन्द्र थापाको फ्यान हुँ भनेर दिएको सम्मान नै आफ्ना लागि सबैभन्दा ठूलो सम्मान भएको बताउनुभयो । 

कार्यक्रममा वरिष्ठ सङ्गीतकार प्रकाश गुरुङले नारायणगोपालले गीत गाउँदा घर नै गुञ्जायमान हुने र शरीरबाट पनि मधुरो आवाज निस्किने भन्दै प्रशंसा गर्नुभयो । उहाँले आफूले देखेका अहिलेसम्मका गायक/गायिकामा त्यो किसिमको कला नपाएको बताउनुभयो । 

स्वरसम्राट नारायणगोपालको ३२ औँ पुण्यस्मृति सभा देशभर विभिन्न कार्यक्रम गरेर मनाइएको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया