तलब नपाएपछि कर्मचारी आन्दाेलित : ५ दिनदेखि नगराइन नगरपालिकाकाे सेवा ठप्प

 मंसिर २१, २०७९ बुधबार १३:३२:२७ | सुजीत झा
unn.prixa.net

धनुषा – कर्मचारीहरुको आन्दोलनका कारण धनुषाको नगराइन नगरपालिकाको कामकाज विगत ५ दिनदेखि ठप्प भएको छ । कार्यालय, विद्यालय, स्वास्थ्य चौकी लगायत नगरपालिकाको कार्यालयबाट हुने सेवा प्रवाह सबै बन्द छ । साउनदेखि तलब नपाएको भन्दै तलब, सेवा सुविधा पाउनुपर्ने माग गर्दै नगरपालिका अन्तर्गतका कर्मचारीहरु आन्दोलनमा ओर्लेका हुन् ।

नगरपालिकाले अहिलेसम्म नगर परिषद् बैठक गर्न नसकेका कारण यो समस्या देखिएको छ । उपभोक्ता समिति गठन तथा नगरस्तरीय बजेट कार्यान्वयनका लागि विगतमा बनेको कार्यविधि संशोधनको माग राख्दै नेकपा एमाले आबद्ध जनप्रतिनिधिहरुले असार १० मा हुने नगरसभा अहिलेसम्म हुन दिएका छैनन् । 

यता कर्मचारीहरूको आन्दोलनप्रति लोकतान्त्रिक समाजवादी पार्टी नेपालले पनि ऐक्यबद्धता जनाएको छ । लोसपा नेता राजु चौधरीले भन्नुभयाे, ‘जनताहरू पहिलेदेखि नै समस्यामा छन् । वृद्धभत्ता नपाएको थुप्रै महिना भयो, किसानहरूले मलखाद नपाएको पनि थुप्रै महिना बित्यो, कित्ताकाट रोक्का गरिएकोले धेरै जनाले समस्या भोगिरहेका छन् । सेवाग्राही सेवाबाट वञ्चित भएका छन् । त्यसको निकासका लागि लोसपा नेपालले विभिन्न चरणमा दबाबमूलक कार्यक्रम गर्दै आइरहेकोले यस आन्दोलनलाई नैतिक समर्थन गर्नु हाम्रो कर्तव्य पनि हो ।’

उहाँले नागरिकलाई थप पीडा र समस्या नहोस् भन्ने कुरालाई पनि ख्याल राखिदिन आन्दोलनरत कर्मचारीसँग आग्रह गर्नुभएकाे छ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुजीत झा

सुजीत झा धनुषाका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया