सुनको भाउ आज तोलाको एक लाख रुपैयाँ नाघ्यो

 मंसिर २३, २०७९ शुक्रबार ११:४०:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सुनको भाउ आज तोलाको एक लाख रुपैयाँ नाघेको छ । लगातार बढेको सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेर तोलाको एक लाख ३ सय रुपैयाँ पुगेको हो ।

सुन हिजो तोलामा ९९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै अस्ति तोलाको ९९ हजार ३ सय रुपैयाँ थियो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो तोलामा १० रुपैयाँले बढेर १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा ३० रुपैयाँले बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमै सुन–चाँदीको भाउ बढेकाले त्यसको असर नेपालमा पनि परेको महासंघले जनाएको छ ।  
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया