प्रचण्ड, बाबुराम भट्टराई र रामचन्द्र पौडेलबीच भेटवार्ता

 मंसिर २३, २०७९ शुक्रबार १५:५६:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच आज शुक्रवार भेटवार्ता भएको छ ।

सिंहदरबारमा रहेकाे माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा उहाँहरूबीच भेटवार्ता भएको हो । भेटमा समसामयिक राजनीतिक परिस्थिति, निर्वाचन परिणाम र नयाँ सरकार गठनका बारेमा कुराकानी भएको थियो । भेटमा नेसपाका नेता महेन्द्रराय यादव पनि सहभागी हुनुहुन्थ्यो । 

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावकाे प्रत्यक्षतर्फको सम्पूर्ण नतिजा आइसकेको छ । समानुपातिकतर्फ पनि सांसद छनोटको अन्तिम तयारी छ । दल नयाँ सरकार गठनको तयारीमा जुटेका छन् ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया