कालीकोट : डोजर दुर्घटनामा बेपत्ता भएका दुई जनाको शव भेटियो

 मंसिर २७, २०७९ मंगलबार १५:१३:० | मनिराज पाण्डे
unn.prixa.net

कालीकोट – गएकाे शनिवार कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका १ अँधेरीखोला भिरमा भएको डोजर दुर्घटनामा बेपत्ता भएका तीन जनामध्य दुई जनाको शव भेटिएको छ । 

सशस्त्र प्रहरी निरीक्षक आशिष रावतको कमान्डमा कालीकोट पुगेको गोताखोरको टोलीले सान्नी त्रिवेणी १ का १९ वर्षीय उमेश गिरी र डोजर चालक अछामका कमल सोडारीको शव फेला पारेको सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक मित्र श्रेष्ठले जानकारी दिनुभयाे । गोताखोरको टोलीले घटनास्थलमा सान्नी त्रिवेणी गाउँपालिका १ का १४ वर्षीय रक्तिम कार्कीको शव खोजिरहेको छ । 

शनिवार भएको दुर्घटनामा पाँच जनाको ज्यान गएकाे छ भने एक जना अझै बेपत्ता छन् । दुई जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया