धनुषा ४ र २ मा पुनः मतगणनाकाे माग गर्दै कांग्रेस र एमालेका उम्मेदवार सर्वाेच्चमा

 मंसिर २८, २०७९ बुधबार १९:६:३९ | सुजीत झा
unn.prixa.net

धनुषा – धनुषा निर्वाचन क्षेत्र नम्बर ४ का नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादव र धनुषा २ का नेकपा एमालेका उम्मेदवार उमाशंकर अरगरियाले पुनः मतगणनाको माग गर्दै सर्वाेच्च अदालतमा रिट दिनुभएकाे छ । आज बुधवार यादव र अरगरियाले छुट्टाछुट्टै रिट दिनुभएकाे हाे ।  

निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणाममा असहमति जनाउँदै यादवले दोहोर्‍याएर मत गन्न माग गर्नुभएकाे छ । रिटमा निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय धनुषा, जिल्ला निर्वाचन कार्यालय धनुषा, प्रमुख जिल्ला अधिकारी र एमाले उम्मेदवार रघुवीर महासेठलाई विपक्षी बनाइएको छ ।

यो रिट सर्वोच्च अदालतको संवैधानिक इजलासमा दर्ता भएको छ ।

यस्तै अरगरियाले धाँधली भएको दाबीसहित पुनः मतगणनाको माग गरेर रिट दायर गर्नुभएकाे छ । उहाँले धाँधली गरेर कांग्रेसका रामकृष्ण यादवलाई जिताएकाे दाबीसहित निर्वाचन अधिकृतकाे कार्यालयविरुद्ध रिट दायर गर्नुभएकाे हाे ।  

यो रिट सर्वोच्च अदालतको संवैधानिक इजलासमा दर्ता भएको छ ।

धनुषा ४ बाट नेकपा एमालेका उम्मेदवार महासेठ निर्वाचित हुँदा यादव पराजित हुनुभएकाे थियाे । धनुषा २ बाट कांग्रेस उम्मेदवार रामकृष्ण यादवसँग अरगरिया पराजित हुनुभएकाे थियाे ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुजीत झा

सुजीत झा धनुषाका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया