गुठी संस्थान जनकपरधामका अमिनमाथि कार्यकक्षमै हातपात

 मंसिर २९, २०७९ बिहिबार १९:३७:३० | सुजीत झा
unn.prixa.net

धनुषा – गुठी संस्थान जनकपुरधामका अमिन प्रभातचन्द्र पोखरेलमाथि कार्यकक्षमै हातपात भएको छ । उहाँमाथि नेकपा एमालेका नगर कमिटी अध्यक्ष सुरेन्द्र भण्डारीले आज बिहीवार दिउँसो हातपात गरेका बताइएको छ । 

टेन्डर दर्ता नगर्न दबाब दिँदै भण्डारीले आफूमाथि कुटपिट गरेको अमिन पोखरेलले बताउनुभयो । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–३ बस्ने सञ्जयकुमार मण्डलले टेन्डरका लागि आफ्नो टेबलमा फाइल राखेकोले आफूले त्यसलाई दर्ता गर्न लाग्दा एक्कासी आएर भण्डारीले आफूमाथि हातपात गरेको उहाँले बताउनुभयो । नेता भण्डारीले भने आफूले कसैलाई हातपात नगरेको दाबी गरिरहनुभएको छ । 

जनकपुरधाम उपमहानगरपालिका–८ सिट नम्बर १३५५–७५ को कित्ता नम्बर–५८ मा रहेको सात कट्ठा जग्गाका लागि न्यूनतम मूल्य प्रतिकठ्ठा १० हजार रुपैयाँको दरले गुठी संस्थान प्रधान कार्यालयले गएको कात्तिक २९ गते बोलपत्र आह्वान गरेको थियो ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुजीत झा

सुजीत झा धनुषाका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया