प्रतिनिधि फेरिए पनि नेफेरिएको काठमाण्डौ (फोटोफिचर)

 पुस २, २०७९ शनिबार १०:१२:१८ | न्युज एजेन्सी नेपाल
unn.prixa.net

काठमाण्डाै - देश विकासमा राजनीतिक दलहरुले चासो नदिँदा आमनागरिक असन्तुष्ट देखिएको प्रमाण यसपालिको चुनावले पुष्टि गरिसकेको छ । ठूला मानिएका राजनीतिक दलहरुका अगाडि नयाँ शक्तिहरुको उदय भएको छ ।

नागरिकले विकास चाहेका छन् त्यो पनि तीव्र गतिमा । तर राजनीतिक दल र देशको नेतृत्व जनचाहनाअनुसार अब्बल साबित हुन सकिरहेको छैन । अबको नेतृत्वले देश विकास गर्नेमा नागरिक आशावादी छन् । तर चुनावबाट जनप्रतिनिधि चुनिएर आइसक्दासमेत काठमाण्डौ उपत्यकाको अवस्था भने चुनावअघिको भन्दा फरक देखिँदैन । 

जताततै अस्तव्यस्त देखिन्छ । भएका संरचना भत्काइएका छन् तर त्यसको व्यवस्थापन भएको छैन । विकास निर्माणका लागि पहलकदमी थाल्नु उचित त हो तर उचित व्यवस्थापन विनाको विकास निर्माण दिगो हुन सक्दैन । त्यसैले पनि नागरिकले चाहेको व्यवस्थापनसहितको विकास निर्माणको खाँचो देखिन्छ ।

मर्मतसम्भारका लागि सुरु गरिएका ठाउँहरुमा त्यत्तिकै अस्तव्यस्त छ भने काम गर्नुपर्ने ठाउँमा समेत प्रतिनिधिहरुको खासै चासो देखिँदैन । न त राम्रोसँग फोहर व्यवस्थापन भएको छ, न त सडकका खाल्डाखुल्डी नै पुरिन थालेका छन्। न पार्किङको बन्दोबस्त छ, न त सरसफाइको काम भएको छ । 

आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका अस्तव्यस्त काठमाण्डाैका यी तस्बिरहरु।

 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया