भारतकाे मधुवनी जिल्लासँग जोडिएको मधेशका ३ जिल्लाहरुको सीमानाका बन्द

 पुस २, २०७९ शनिबार १६:३६:३३ | सुजीत झा
unn.prixa.net

धनुषा – भारतकाे विहार राज्यको मधुवनी जिल्लासँग जोडिएका मधेशका ३ जिल्लाहरुको सीमानाका गएरातिदेखि ७२ घण्टाका लागि बन्द गरिएको छ । सिरहा, सप्तरी, महोत्तरी लगायतका जिल्ला समेत भारत विहारको मधुवनी जिल्लाको सीमासँग जोडिएका छन् ।

मधुवनी जिल्ला अन्तर्गतको नगरपालिकामा पुस ३ गते अर्थात् डिसेम्बर १८ तारिखमा चुनाव हुने भएकाले सीमा नाका ७२ घण्टाका लागि बन्द गरिएको हो । जिल्ला प्रशासन कार्यालय धनुषाले ७२ घण्टाका लागि सीमानाका बन्द भएकाले आवश्यक सहयोग एवं समन्वयका लागि सीमावर्ती पालिकाहरुलाई निर्देशन दिएको छ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुजीत झा

सुजीत झा धनुषाका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया