खाेटाङकाे बाक्सिला बजारमा आगलागी हुँदा ५ घर नष्ट

 पुस ४, २०७९ सोमबार १९:४७:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – खोटाङको केपिलासगढी गाउँपालिका ४ बाक्सिला बजारमा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएको छ ।

आज साेमवार बेलुकी स्थानीय व्यवसायी दीपक गुरुङको घरबाट सुरु भएको आगोले गुरुङको सहित रमेश परियार, डिल्लीकुमार श्रेष्ठ र शुभराज राईको घर जलेको हो । बजारका अन्य घरमा आगो फैलिन नदिन अकबर राईको घर एक्स्काभेटर लगाएर भत्काइएको केपिलासगढी गाउँपालिकाका उपाध्यक्ष गुरुराज राईले जानकारी दिनुभयाे । आगलागीमा व्यापार व्यवसाय सञ्चालन हुँदै आएका घरहरू जलेकाे हाे । 

बेलुकी पौने ६ बजेतिर सुरु भएको आगोलाई स्थानीयवासी र इलाका प्रहरी कार्यालय बाक्सिलाका प्रहरीले ढुङ्गा माटो र पानी हालेर केहीबेरअघि निभाएका छन् । आगलागीको कारण खुल्न सकेको छैन । क्षतिको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया