खोटाङको बाक्सिला बजारमा भएको आगलागीबाट झण्डै ५ करोड रुपैयाँ बराबरको क्षति

 पुस ५, २०७९ मंगलबार ११:५:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ - खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिलाबजारमा हिजो भएको आगलागीबाट झण्डै पाँच करोड रुपैयाँ बराबरको क्षति भएको छ । आगलागीबाट पाँच घर नष्ट हुँदा चार करोड ९९ लाख ३३ हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

आगलागीमा डिल्लीकुमार श्रेष्ठको घर, भाँडा, कपडा र नगद ५० हजारसहित एक करोड ४१ लाख ७७ हजार, छोरा पवन श्रेष्ठको भाँडा पसल र नगद ४० हजारसहित २० लाख ४० हजार, शुभराज राईको घर र राईको घरमा भाडामा बसिरहेका गाउँपालिका अध्यक्ष समिर राईको कपडा, पुस्तक र किराना पसल, नगद दुई लाखसहित एक करोड २५ लाख, त्यही घरमा भाडामा पसल गरिरहेका ईद्रा राईको होटल र पसल जल्दा सात लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी मञ्जिल मुकारुङले जानकारी दिनुभयो ।

यस्तै, दीपक गुरुङको घर, नगद एक लाख र किराना सामानको गोदाम नष्ट हुँदा ५४ लाख ८५ हजार, गुरुङकै घर भाडामा लिएर कपडा व्यवसाय गरिरहेका रत्ना गुरुङको नगद ७५ हजार र सामान जल्दा १३ लाख ७२ हजारको क्षति भएको छ । रमेश परियारको घर, नगद एक लाख, टेलर पसल समेत जल्दा ७१ लाख नौ हजार क्षति भएको छ । अकबर राईको घर, टीभी, फर्निचरका सामान जल्दा ६३ लाख र उहाँकै घरमा रहेको कांग्रेस समन्वय कार्यालयको कुर्सी, दराजलगायतका समान जल्दा दुई लाख बराबर रुपैयाँको क्षति भएको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया