साेलु आगलागी : ४ घर जलेर नष्ट, १ घरमा आंशिक क्षति

 पुस ५, २०७९ मंगलबार २०:१०:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

साेलुखुम्बु – सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर १ मा रहेको नेले बजारमा भएको आगलागीमा चार वटा घर पूर्णरूपमा जलेर नष्ट भएका छन् । आगलागीबाट एउटा घरमा आंशिक क्षति पुगेको छ । 

स्थानीय बुद्धिबहादुर कार्कीको घरबाट सुरु भएको आगोले उहाँकाेसहित कल्पना बस्नेत, रमेश बस्नेत र गणेश बस्नेतको घर जलेर नष्ट भएका हुन् । प्रणय राईको घरमा आंशिक क्षति भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।  

अहिले आगो निभाइएको र क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । दिउँसो ४ बजे सुरु भएको आगाे प्रहरी, स्थानीय तथा सोलुदुधकुण्ड नगरपालिकाबाट गएको दमकलको सहयोगमा केहीबेरअघि निभाइएको हो । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया