कांग्रेस संसदीय दलको नेतामा देउवा विजयी

 पुस ६, २०७९ बुधबार ११:८:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा विजयी हुनु भएको छ । बिहान भएको चुनावमा प्रधानमन्त्रीसमेत रहेका देउवाले ६४ मत ल्याउनुभयो भने महामन्त्री गगन थापाले २५ मत पाउनुभयो ।

कांग्रेसका सबै ८९ सांसदले नै मतदान गरेका थिए । दलको नेता हुँदै पाँचपटक प्रधानमन्त्री बनिसक्नुभएका देउवासँग थापाले पहिलोपटक दलको नेतामा प्रतिस्पर्धामा गर्नुभएको हो । कांग्रेस विधानमा दलको नेता नै प्रधानमन्त्रीको उम्मेदवार बन्ने व्यवस्था रहेकाले चुनावलाई महत्वका साथ लिइएको छ ।

वि स‍ २०५१ सालमा तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले युवा नेता देउवालाई संसदीय दलको नेतामा अघि सार्नु भएको थियो ।  दलको नेता भएकै कारण देउवा ४९ वर्षको उमेरमै प्रधानमन्त्री बन्नुभएको थियो ।
 

अन्तिम अपडेट: चैत ६, २०८०

1 Comments

  • Durga Basnet

    Dec. 21, 2022, 11:20 a.m.

    धन् मेरो देश आखिरमा तेही र्यालेलाई जिताौ है अरुको भलो देख्न नसक्ने आफुले सकेनौ अर्को लाई गुल्टनयौ

  •  0 Reply

तपाईको प्रतिक्रिया