जनकपुरले पाेखरालाई ५ विकेटले हरायाे

 पुस १०, २०७९ आइतबार १७:०:११ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : क्यान

काठमाण्डाै – नेपाल टी–२० क्रिकेट लिगको आज आइतवारको दाेस्राे खेलमा जनकपुर राेयल्सले पाेखरा एभेन्जर्सलाई हराएकाे छ । 

त्रिवि क्रिकेट मैदानमा भएकाे खेलमा जनकपुरले पाेखरालाई पाँच विकेटले हरायाे । पाेखराले दिएकाे एक सय ३९ रनकाे लक्ष्य जनकपुरले १७ ओभर ४ बलमा पाँच विकेट गुमाएर भेटायाे । जनकपुरका लागि सन्दीप जाेराले नटआउट ४० र सागर पुनले ३८ रन बनाए । पाेखराका लागि अफगानिस्तानका जहिर खानले तीन विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे पाेखरा १९ ओभर ४ बलमा एक सय ३८ रन बनाउँदा अलआउट भयाे । पाेखराका लागि आसिफ शेखले ५०, सिद्धान्त लाेहनीले २९ र प्रतिश जिसीले २८ रन बनाए । जनकपुरका लागि वेस्ट इन्डिजका केसरिक विलियम्सले तीन विकेट लिए । 

याे जितसँगै जनकपुर एक खेलमा दुई अङ्कसहित तेस्राे स्थानमा छ । पाेखराले भने लगातार दाेस्राे हार बेहाेरेकाे छ । छ टोली सहभागी प्रतियोगिताको फाइनल खेल २७ गते हुनेछ । डबल राउन्डमा भइरहेको लिगमा ३४ खेल हुनेछ ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया