महाेत्तरीमा एक मजदुरकाे निर्ममतापूर्वक हत्या

 पुस १०, २०७९ आइतबार २०:२२:५२ | सुजीत झा
unn.prixa.net

प्रतीकात्मक तस्बिर

धनुषा – महोत्तरीको सम्सी गाउँपालिकामा एक मजदुरको निर्ममतापूर्क हत्या गरिएको छ । सम्सी गाउँपालिका २ पर्सादेवाडका ४९ वर्षीय मोहम्मद खुर्सैद अन्सारीलाई मलद्वारमा पेट्रोल छर्केर आगो लगाइ हत्या गरिएको हो ।

अन्सारीको हत्यामा संलग्न रहेको आरोपमा पर्सादेवाडकै ३५ वर्षीय मो. अब्दुल सलामलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिनुभयाे । सलामले अन्सारीलाई यातना दिइरहेको भिडिओ पनि बनाएको प्रहरीले जनाएको छ ।

गएकाे बुधवार अन्सारीको मलद्वारमा आगो लगाएर उनलाई अचेत अवस्थामा उनकै घर अगाडि फालेर सलाम भागेका थिए । अचेत अवस्थामा रहेका अन्सारीकाे जानकी हेल्थ केयर जनकपुरधाममा उपचारका क्रममा ज्यान गएकाे हाे ।  

अन्सारी मजदुरी गर्दै आउनुभएकाे थियाे । सलामले अन्सारीलाई घरमै काम गर्नका लागि बोलाएका थिए । घरमा काम गरेबापत महिनाकाे १५ हजार रुपैयाँ पारिश्रमिक दिइने सहमति भएको थियो ।

इलाका प्रहरी कार्यालय गौशालाले सलामलाई घटना भएकै दिन पक्राउ गरेको थियाे । प्रहरीले उनीमाथि ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया अगाडि बढाएकाे छ । 

घटनामा संलग्न अन्य दुई जनाको खोजी भइरहेको प्रहरी उपरीक्षक पंगेनीले बताउनुभयाे । सलाम लागुऔषध मुद्दामा पहिले पनि दुई पटक पक्राउ परिसकेका छन् ।

मृतकका भाइ समजदले दोषीमाथि कडा कारबाही हुनुपर्ने र क्षतिपूर्ति पाउनुपर्ने माग गर्नुभएकाे छ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुजीत झा

सुजीत झा धनुषाका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया