कवि साकार र पराजुली सम्मानित हुने

 पुस ११, २०७९ सोमबार १५:४१:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ । नेपाल स्रष्टा समाजको १६औँ स्थापना दिवसको उपलक्ष्यमा वरिष्ठ कवि तथा समाजका संस्थापक अध्यक्ष शैलेन्द्र साकारलाई सम्मान गरिने भएको छ । 

यसै गरी विसं २०७९ को प्रसिद्ध कँडेल युवा स्रष्टा सम्मान चर्चित कवि नवराज पराजुलीलाई प्रदान गरिने भएको छ । चालीस वर्षभन्दा कम उमेरका स्रष्टालाई प्रदान गरिने पुरस्कारको राशि ११ हजार १ सय ११ रुपैयाँ रहेको छ ।

साहित्यकारद्वय चेतनाथ कँडेल ‘हरित’ र श्रीमती सीता कँडेलले आफ्नो छोराको स्मृतिमा स्थापना गर्नुभएको यो सम्मानबाट साहित्यकार रमेश शुभेच्छु, अनुपम रोशी, महेश पौडेल र मिलन समीर सम्मानित भइसकेका छन् ।

नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ को अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको जानकारी महासचिव देविका तिमिल्सिनाले गराउनु भएको छ । 

अन्तिम अपडेट: चैत ७, २०८०

1 Comments

  • CHET NATH KANEL

    Dec. 26, 2022, 9:50 p.m.

    हामी स्रष्टाद्वयलाई हृदयदेखि नै बधाई ज्ञापन गर्दछौँ र अझ उज्ज्वल भविष्यको कामना गर्दछौँ । -चेतनाथ कणेल 'हरित' परिवार, तथा नेपाल स्रष्टा समाज परिवार, काठमाडौँ

  •  0 Reply

तपाईको प्रतिक्रिया