जिल्ला प्रहरी कार्यालय दार्चुलाको नयाँ सुविधा सम्पन्न भवन बन्दै
चैत १०, २०७९ शुक्रबार
बर्दिया - बर्दियाकाे ठाकुरबाबा नगरपालिका-५ वनकट्टी नजिक ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाकाे ज्यान गएकाे छ ।
भुरिगाउँबाट धान लिएर जाँदै गरेको भे १ ख ३८३७ नम्बरको ट्रक र भे ७ प ४६८२ नम्बरको मोटरसाइकल ठोक्किँदा माेटरसाइकल चालक ठाकुरबाबा नगरपालिका-५ शाहिपुरका २६ वर्षीय आशिष थारुको ज्यान गएकाे हाे ।
थारुकाे ज्यान गएपछि उहाँका आफन्तले क्षतिपूर्तिको माग गर्दै पूर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दियाको भुरीगाउँ बजार र गुलरिया जाने हुलाकी सडक खण्ड अवरुद्ध पारेका छन् ।
ट्रक र चालकलाई नियन्त्रणमा लिइएको बगनाह भुरिगाउँका प्रहरी निरीक्षक पवन पछाईले जानकारी दिनुभयो । पीडित पक्षसँग वार्ता गरी सहमतिमा ल्याउने र अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ ।