एनपीएल : पोखराले छैटाैँ खेलमा बल्ल खाता खोल्यो, फार वेस्ट पराजित

 पुस १५, २०७९ शुक्रबार १६:३६:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल टी–२० प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेञ्जर्सले फार वेस्ट युनाइटेडलाई ३ विकेटले हराएको छ ।

पोखराले आज छैटाैँ खेलमा खाता खोलेको हो । फार वेस्टले दिएको १ सय ८८ रनको लक्ष्य पोखराले ५ बल बाँकी छँदै ७ विकेट गुमाएर भेट्टायो । उसका लागि आशिफ शेखले ४५, कुशल मल्लले ४० र सुमित महर्जनले ३८ रन बनाए ।

फार वेस्टका प्रकाश जोशी, उमर अलि र करण केसीले २/२ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको फार वेस्टका लागि उमर अलीले ४२, देव खनालले ३३ र रशिद खानले ३२ रन बनाएका थिए । पोखरा २ अंकसहित पाँचाैँ स्थानमा छ भने २ अङ्क नै रहेको फार वेस्ट पुछारमा रहेको छ ।

प्रतियोगितामा लुम्बिनी, जनकपुर, काठमाण्डौ, विराटनगर, फार वेस्ट र पोखरा गरी ६ टोलीको सहभागिता छ ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया