नेपाल टी–२० क्रिकेट लिगमा आज दुई खेल

 पुस १७, २०७९ आइतबार ९:३:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल टी–२० क्रिकेट लिगमा आज दुई वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा जनकपुर रोयल्स र काठमाण्डौ नाइट्स खेल्दैछन् ।

यो खेल अहिले बिहान ९ बजेदेखि कीर्तिपुर मैदानमा सुरु भएकाे छ । जनकपुरले यसअघिका पाँच खेलमा चार वटा खेल जितेको छ । जनकपुर ८ अङ्कका साथ अङ्क तालिकाको दोस्रो स्थानमा छ । चार खेलमा २ वटा जितेको काठमाण्डौ ४ अङ्कसहित तेस्रो स्थानमा छ ।

आज हुने दोस्रो खेलमा लुम्बिनी अल स्टार र विराटनगर सुपर किङ्ग्स खेल्दैछन् ।

यो खेल कीर्तिपुर मैदानमा दिउँसो १ बजेदेखि सुरु हुनेछ । ६ खेल खेलेको लुम्बिनी ५ वटा जितेर १० अङ्कका साथ तालिकाको शीर्षस्थानमा छ । ५ खेल खेल्दा २ वटा मात्र जितेको विराटनगर ४ अङ्कका साथ अङ्क तालिकाको चौथो स्थानमा छ । ६ टोली सहभागी प्रतियोगितामा पोखरा पाँचौँ र फार वेस्ट छैटाैँ स्थानमा छ ।
 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया