मधेस प्रदेशले मात्र सङ्घीयता टिकाएकाे छ : मुख्यमन्त्री राउत

 पुस १८, २०७९ सोमबार १७:१:२७ | सुजीत झा
unn.prixa.net

धनुषा – मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले अझै पनि सङ्घीयता कार्यान्वयनमा चुनौती रहेको बताउनुभएकाे छ । प्रदेश सांसदहरूको शपथ ग्रहणपछि आज साेमवार बसेको पहिलो प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले सङ्घीयता कार्यान्वयन गर्न मधेस प्रदेशलाई अझ बढी चुनौती रहेको बताउनुभएकाे हाे । 

नयाँ सरकारलाई प्रदेश प्रहरी भर्ना गर्न चुनौती हुने बताउँदै मुख्यमन्त्री राउतले सबै दल एकमत भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएकाे छ । प्रहरी समायोजनको काम अन्तिम चरणमा पुगेकोले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको समन्वयमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

‘चुनौतीका बीच प्रदेश सभाबाट प्रदेश प्रहरी ऐन, प्रदेश निजामती ऐन बनाउँदा सबै दलको सहयोग सरकारका लागि महत्त्व राख्दछ’, उहाँले भन्नुभयाे, ‘ऐन र नीति तथा कार्यक्रम प्रदेश सभाबाट पारित गर्न सकारात्मक सहयोग प्राप्त भयो ।’

सङ्घीयता कार्यान्वयनकै लागि सङ्घीय सरकारविरुद्ध दर्जनभन्दा बढी मुद्दा दायर गर्नुपरेको पनि उहाँले बताउनुभयो । देशमा मधेस प्रदेशले मात्र सङ्घीयता टिकाएको दाबी गर्दै मुख्यमन्त्री राउतले प्रदेश सांसद एकताबद्ध भएर अगाडि बढेमात्रै सङ्घीयता कार्यान्वयन हुने उल्लेख गर्नुभयो ।

स्रोत, साधनको अभावबीच पाँच वर्षको यात्रा निकै कष्टकर भएको पनि मुख्यमन्त्री राउतको गुनासो थियो । मुख्यमन्त्रीका रूपमा काठमाण्डाै जाँदा तीनकुनेमा गाडी बिग्रिएर अलपत्र परेको अनुभव पनि उहाँले सुनाउनुभयो । पाँच वर्षे कार्यकालमा कार्यकक्ष र कर्मचारी अभावले भनेजस्तो काम गर्न नसकेको पनि उहाँको भनाइ थियो ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुजीत झा

सुजीत झा धनुषाका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया