पाँचथर : घरमा आगलागी हुँदा दुई जनाको ज्यान गयो, दुई जना घाइते

 पुस २०, २०७९ बुधबार ८:८:५९ | उपेन्द्र येक्तेन
unn.prixa.net

काठमाण्डाै – पाँचथरको फिदिम नगरपालिका ८ घुमाउनेटारमा आगलागी हुँदा दुई जनाको ज्यान गएको छ । घुमाउनेटारका मेघबहादुर गुरुङको घरमा गएराति आगलागी हुँदा मेघबहादुका २२ वर्षीया छोरी ममता गुरुङ र २३ वर्षकी बुहारी आशासिंह थेबे (गुरुङ) को ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

५५ वर्षीय मेघबहादुर गुरुङ र उहाँका छोरा विजेन्द्र गुरुङ भने घाइते हुनु भएको छ । घाइतेको अवस्था सामान्य छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख हरि खतिवडाका अनुसार  घरमा सात जना सुतेका थिए । जसमध्ये तीन जनाले भागेर ज्यान बचाएका छन् ।  

खतिवडाका अनुसार आगलागीबाट घर पनि पूर्ण रुपमा क्षति भएको छ । विद्युत् लाइन सर्ट भएर आगो लागेको हुन सक्ने प्रहरीले जनाएको छ ।  गएराति साढे १ बजेतिर लागेको आगो बिहान ४ बजेतिर नियन्त्रणमा आएको हाे । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया