सङ्खुवासभामा आगलागी हुँदा दुई वटा घरमा क्षति

 पुस २४, २०७९ आइतबार १०:२८:१५ | नवीन गुरुङ
unn.prixa.net

सङ्खुवासभा - सङ्खुवासभाको खाँदबारी नगरपालिका–४ मा दुई वटा घरमा आगलागी भएको छ ।

गएराति खाँदबारी नगरपालिका–४ मा रहेकाे भ्याङखोलामा खाँदबारी नगरपालिकाका कार्यपालिका सदस्य पवित्रा गुरुङ र समग्र टोलका पर्शुराम दर्जीको घरमा आगलागी भएको हाे ।

आगलागीबाट पवित्रा गुरुङको दुई वटा घरमध्ये एउटा घरमा पूर्ण रुपमा क्षति पुगेकाे छ भने पर्शुराम दर्जीको ढुङ्गा, माटो र खरले छाएको तीन तले घर पूर्ण रुपमा जलेकाे प्रहरीले जनाएकाे छ । 

जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी उपरीक्षक वीरेन्द्र गोदारले स्थानीयकाे सहयाेगमा केही समयपछि आगो निभाइएकाे जानकारी दिनुभयाे । आगलागी हुनुका कारण र क्षति बारेमा विस्तृत विवरण आउन बाँकी रहेको गाेदारले बताउनु भयाे । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया