मौरीमा फैलिने रोग नियन्त्रणका लागि विश्वमै पहिलो पटक खोप बन्यो

 पुस २७, २०७९ बुधबार १९:३०:९ | एजेन्सी
unn.prixa.net

मौरीमा फैलिने रोग नियन्त्रणका लागि विश्वमै पहिलो पटक खोप बनेको छ । मौरीका लार्भालाई आक्रमण गरी गोलोलाई कमजोर बनाउने अमेरिकन फाउलब्रुड नामको ब्याक्टेरियाबाट लाग्ने रोगबाट बचाउन खोप बनेको बीबीसीले जनाएको छ । 

खोप प्रयोगका लागि अमेरिकाको कृषि मन्त्रालय, यूएस डिपार्टमेन्ट अफ एग्रिकल्चरले स्वीकृति दिएको छ । वनस्पतिहरूमा परागसेचन गराउने हुनाले पारिस्थितिक पर्यावरण प्रणालीमा मौरीको महत्त्वपूर्ण भूमिका हुन्छ । 

यो खोपबाट रानी मौरीलाई खुवाइने शाही खुराकमा निष्क्रिय ब्याक्टेरिया हालिन्छ । यसले गर्दा रानी मौरीले फुलबाट निस्किने लार्भामा ब्याक्टेरियाविरुद्ध प्रतिरोध क्षमता विकसित हुने अमेरिकाको कृषि मन्त्रालयले जनाएको छ । यो खोपमा मेरिकन फाउलबर्ड रोग गराउने सूक्ष्म जीवलाई निष्क्रिय अवस्थामा राखिएको छ । 

अहिले मौरीमा याे रोग लागेको छ भने सङ्क्रमित घार पूरै जलाउनुको साथै नजिकै रहेका अरू वस्तु र घारमा एन्टिबायोटिक छरेर उपचार गरिन्छ । यसको अहिलेसम्म कुनै उपचार छैन । मौरीको खोप यही वर्ष नै किनबेचका लागि तयार हुन हुने बीबीसीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया