यति एअरकाे विमान दुर्घटनाकाे अध्ययन गर्न फ्रान्सेली टोली पोखरामा

 माघ ४, २०७९ बुधबार १८:११:५९ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – यति एअरलाइन्सको एटीआर विमान दुघर्टनाबारे अध्ययन गर्न फ्रान्सको विज्ञ टोली पोखरा आएर घटनास्थलमा अध्ययन थालेको छ ।

एटीआर विमान निर्माता कम्पनी एटीआरको नौ सदस्यीय विज्ञ टोली पोखरा आएर अध्ययन थालेको हो । टोलीले घटनास्थलको अवलोकन, स्थानीय र उडानमा संलग्नहरूसँग कुराकानी गर्ने छ ।

सरकारले विमान दुर्घटनापछि पूर्व–सचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा बनाएको पाँच सदस्यीय दुर्घटना जाँच आयोगको टोली पनि पोखरामै छ । जाँच आयाेगले  पनि दुर्घटनको कारणबारे अनुसन्धान गरिरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

दुर्घटना भएकाे विमानकाे 'ब्ल्याक बक्स' पनि फेला परिसकेको छ । गएकाे आइतवार बिहान काठमाण्डाैबाट पोखरा आउँदै गरेको विमान पोखरा ७ र पोखरा १५ को सेती नदी खोँचमा दुर्घटनामा परेको थियो । विमानमा चालका दलका चार जना सदस्यसहित ७२ जना रहेकामा ७१ जनाको शव भेटिएको छ भने एक जना अझै बेपत्ता छन् । दुर्घटनास्थललाई सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले शुरक्षा दिएर राखेको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया