सुदूरपश्चिम प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेटको फाइनलमा

 माघ ६, २०७९ शुक्रबार १३:५२:५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : क्यान

काठमाण्डाै - सुदूरपश्चिम प्रदेश प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेटको फाइनलमा पुगेको छ । आज भएको पहिलो खेलमा मधेस प्रदेशलाई ११४ रनले हराउँदै सुदूरपश्चिम फाइनलमा पुगेको हो । इटहरीको जनता मावि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ओभरमा २ विकेट गुमाए १८० रन बनाएको थियो ।

सुदूरपश्चिमका ओपनरद्वय कप्तान बिन्दु रावल र कविता कुँवरले १ सय २८ रनको साझेदारी गरे । कविता कुँवर आउट भएपछि आएकी कविता जोशीसँग मिलेर कप्तान बिन्दुले थप ५२ रनको साझेदारी गरिन् । अविजित रहेकी बिन्दुले ५२ बलमा ९ चौकासहित ६० रन बनाइन् ।  

बलिङतर्फ मधेसकी साना प्रविण र भूमिसिंहले १–१ विकेट लिए । जवाफमा मधेसले ८ विकेट गुमाएर ६६ रनमात्र बनाउन सक्यो । मधेसका लागि एलिसा यादव १४ रन, सीमा कुँवर १६ रन र प्रतिमा साहले १९ रन बाहेक अरुले दोहोरो अङ्क बनाउन सकेनन् ।

सुदूरपश्चिमका मनिषा चौधरी र ऋतु कनोजियाले २–२ विकेट लिए । कविता कुँवर र स्नेहा महराले १–१ विकेट लिए । 
 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया