सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
हेलम्बु – सिन्धुपाल्चोकको हेलम्बुमा २०७८ असार १ गते र १६ गते गरी दुई पटक अकल्पनीय बाढी आयो ।
बाढीले धान फल्ने खेतलाई बगर बनाइदियो । हेलम्बुको किउल, चनौटे लगायतका मेलम्ची खोला छेउका सयौँ घरहरू बाढीमै बिलाए । बाढीले ढालेका घरहरू अहिले पनि ढलेको ढल्यै छन् । सयौँले आफ्नो घर र खेत कहाँ थियो भन्ने निसानासम्म पत्ता लगाउन सकेका छैनन् ।
आफ्नो घर र धान फल्ने खेत अहिले बगरमा परिणत भएको स्थानीय बताउँछन् । बाढीले तहसनहस बनाउनुअघि चहलपहल हुने चनौटे बजारका पक्की घरहरू बालुवा र बडेमानका ढुङ्गाले आधा पुरिएका छन् ।
तस्बिर : सन्जिता देवकोटा/ उज्यालाे ।
उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।