इङ्लिस प्रिमियर लिग फुटबल : आर्सनल विजयी, म्यानचेस्टर युनाइटेड पराजित

 माघ ९, २०७९ सोमबार ६:३५:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनल विजयी भएको छ । गएराति भएको खेलमा आर्सनलले म्यानचेस्टर युनाइटेडलाई ३–२ गोल अन्तरले पराजित गरेको हो । इमिरेट्स स्टेडियममा भएको खेलमा सुरुआती अग्रता बनाए पनि त्यसलाई कायम राख्न नसक्दा युनाइटेड पराजित भयो ।

खेलको १७औं मिनेटमा मार्कस रासफोर्डले गोल गर्दै युनाइटेडलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको २४औं मिनेटमा एड्डी एनकेटीहले गोल गर्दै आर्सनललाई १–१ गोलको बराबरीमा ल्याए । यस्तै, खेलको ५३औं मिनेटमा बुकायो साकाले गोल गर्दै आर्सनललाई २–१ को अग्रता दिलाए ।

 खेलको ५९औं मिनेटमा युनाइटेडका लिसान्द्रो मार्टिनेजले गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए । खेलको इन्जुरी समयमा आर्सनलका एनकेटीले दोस्रो गोल गर्दै ३–२ को जित दिलाए । जितसँगै आर्सनलले १९ खेलमा ५० अङ्क जोडेको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २० खेलमा ४५ अङ्क छ । म्यानचेस्टर युनाइटेड भने २० खेलमा ३९ अङ्क जोडेर चौथो स्थानमा रहेको छ । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया