१९ वर्षमुनिको विश्व कप छनोटमा नेपालले पहिलो खेल सिङ्गापुरसँग खेल्ने

 माघ १०, २०७९ मंगलबार ७:२३:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपालले आउँदो महिना यूएईमा हुने आईसीसी १९ वर्षमुनिको विश्व कप छनोटमा पहिलो खेल सिङ्गापुरसँग खेल्ने भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले छनोटमा नेपालले खेल्ने खेल तालिका सर्वजनिक गरेको छ । नेपालले पहिलो खेल फागुन १२ अर्थात् फेब्रुअरी २४ मा सिङ्गापुरसँग खेल्नेछ । दोस्रो खेल फागुन १३ मा कुबेतसँग खेल्नेछ । त्यस्तै फागुन १५ मा हङकङसँग खेल्नेछ । फागुन १६ मा मलेसियासँग खेल्नेछ । त्यसपछि नेपालले दुई दिन विश्राम गर्नेछ ।

अन्तिम खेल फागुन १८ मा यूएईसँग खेल्नेछ । नेपाल प्रतियोगिताको शीर्ष स्थानमा रहन सके सन् २०२४ मा श्रीलङ्कामा हुने १९ वर्षमुनिको विश्व कप खेल्न पाउनेछ । टोलीको मुख्य प्रशिक्षक जगत टमाटा रहेका छन् । नेपालले १४ सदस्यीय टोलीको पनि घोषणा गरेको छ । तर कप्तानको टुङ्गो लागेको छैन । 

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया