हिमपात र वर्षाले भूकम्प पीडितको बिचल्ली, कठ्याङ्ग्रिँदो चिसोमा पालमुनि बिताए रात

 माघ ११, २०७९ बुधबार ७:५४:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - हिमपात र वर्षाले भूकम्प पीडितको बिचल्ली भएको छ । हिजो दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको कोल्टी नजिकै केन्द्रबिन्दु भएर ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पमा परेर बाजुरामा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । यस्तै, बझाङमा पनि केही घाइते भएका छन्  ।

भूकम्पका कारण बाजुराका धेरै घरहरु चर्किएका र केही भत्किएका छन् । फेरि भूकम्प आउने डरले पीडितहरुले खेतबारी र चौरमा पाल टाँगेर रात बिताएका छन् । केहीले भने प्लाष्टिकले बेरबार पारेर रात कटाएका छन् । भूकम्प प्रभावित क्षेत्रमा अस्ति रातिदेखि लगातारजसो पानी परिरहेको छ ।

यस्तै, हिमाली क्षेत्रमा पनि हिमपात भइरहेको छ । हिमपात र वर्षाका कारण भूकम्प पीडित थप प्रभावित भएका छन् । लगातारजसो परेको वर्षाले कठ्याङ्ग्रिँदो चिसो छ । बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रबहादुर विष्टका अनुसार अहिले पनि पानी परिरहेको छ । पानी परिरहेकाले भूकम्पबाट भएको क्षतिको सङ्कलन र उद्धारमा कठिनाइ भएको  उहाँले बताउनुभयो । उहाँका अनुसार बेलाबेला बिजुली बत्ती जाने आउने भइरहेको छ ।

भूकम्पबाट कति विस्थापित भए भन्ने जानकारी आउन बाँकी रहेको उहाँले बताउनुभयो । अहिलेसम्म ३०  वटा घरमा क्षति पुगेको जानकारी आएको उहाँले बताउनुभयो । यस्तै, ४० वटा भेडालाई पहिरोले पुरेको खबर प्राप्त भएको पनि उहाँले बताउनुभयो । यस्तै, बझाङमा पनि भूकम्पको क्षतिबारे तथ्याङ्क सङ्कलन भइरहेको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया