बीपीडब्ल्यू लघुवित्त र मेगा क्यापिटल मार्केट्स लिमिटेडबीच सम्झौता
चैत १५, २०७९ बुधबार
काठमाण्डाै - लोकदोहोरी गायक भीम पाैडेलको निधन भएकाे छ । स्याङ्जा खुदी घर भएका उहाँको गएराति निधन भएकाे परिवारका सदस्यले बताएका छन् ।
लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीका अनुसार उहाँ केही समयदेखि बिरामी हुनुहुन्थ्यो । पौडेल लामो समयदेखि लोकदोहोरी गायनमा सक्रिय हुनुहुन्थ्यो । पछिल्लो समय उहाँ लाइभ दोहोरीमा लोकप्रिय हुनुहुन्थ्यो । यसैबीच, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पौडेलको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमार्फत् लोक गायक पौडेलको अल्पायुमै भएको दुःखद् निधनप्रति गहिरो दुःखसहित श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो । प्रधानमन्त्रीले शोक सन्तप्त परिवार, आफन्त र शुभेच्छुकमा गहिरो समवेदना समेत प्रकट गर्नुभएको छ ।
गएकाे दुई महिनादेखि बिरामी भएर उपचार गराइरहनु भएका पौडेलको रक्तअल्पताको कारण निधन भएको उहाँकाे परिवारले जनाएकाे छ । पौडेलको पार्थिव शरीरलाई आज कास्कीको पोखरामा रहेकाे रामघाटमा अन्तिम संस्कार गरिने भएकाे छ ।
Tejnarayan pandey
Jan. 27, 2023, 12:04 p.m.Saraddanjali vimji Tara ke bimar ho vannae thhaha vayena