शारीरिक अशक्ततालाई आत्मबलको जित (फोटोफिचर)

 माघ १४, २०७९ शनिबार १०:०:३३ | न्युज एजेन्सी नेपाल
unn.prixa.net

काठमाण्डाै - आफ्नो शारीरिक कमजोरी र अशक्तपनलाई कमजोरी नठानी आत्मबलका साथ आफैँ काम गरेर जीविकोपार्जन गर्ने मानिसहरु धेरै छन् । काठमाण्डौको जोरपाटीमा रहेको बीआईए इस्न्टिच्युटमा थाङ्का बनाउँदै गरेका अपाङ्गता भएका कलाकार हुन् वा जोरपाटीकै अपाङ्ग सङ्घ परिसरमा दृष्टिविहीन र अपाङ्गता भएका पुरुष ।

गौशालामा व्यापार गर्दै आउनुभएकी अपाङ्गता भएकी महिलाको शक्ति हेरौँ वा गौशालाको शान्ति सेवा गृहमा कागजको झोला बनाउँदै गरेका कुष्टरोग पीडित पुरुषको अनुहार । उनीहरु आफ्नो शारीरिक रुपलाई छोडेर मानसिक रुपमा बलियो बनि आफैँ कमाएर जीवन धान्छन् ।

थापाथलीको सुकुम्बासी बस्तीमा दृष्टिविहीन परमेश्वरीदेवी मुखियाको घरमा  काम गरेर जीविकोपार्जन गर्नुहुन्छ भने उहाँका श्रीमान् सल्टु मुखिया पनि दृष्टिविहीन नै हुनुहुन्छ । आवाजको सहारामा मोबाइल चलाउने, ह्वीलचेयरको सहयोगमा बास्केटबल खेल्नेहरु, चिउँडोको सहायताले ह्वीलचेयर चलाउनेहरु, हेल्मेटमा राखिएको स्टिक र सेन्सरले इन्टरनेट चलाउनेहरु, ह्वील चेयर बनाउने, कपडाको थाङ्का बुन्ने लगायतका काममा उनीहरु व्यस्त छन् । न्युज एजेन्सी नेपालले शारीरिक अशक्तता भएर पनि आफैँ कमाएर जीविकोपार्जन गर्दै आउनुभएका व्यक्तिहरुको कथालाई आजको फोटो फिचरमा समेटेको छ ।

 

अन्तिम अपडेट: चैत २३, २०८०

तपाईको प्रतिक्रिया