धनकुटा महोत्सवमा झडप : बालबालिका र महिलासहित केही घाइते

 माघ १५, २०७९ आइतबार ६:३१:५९ | सन्ताेष रुचाल
unn.prixa.net

धनकुटा - धनकुटामा चलिरहेको पाँचौँ धनकुटा महोत्सवमा झडप हुँदा बालबालिका र महिलासहित केही दर्शक घाइते भएका छन् ।

गएराति भएको झडपमा घाइते भएकामध्ये २४ जनाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । अरु केहीको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी लक्ष्मीराज अधिकारीले जानकारी दिनुभएको छ ।

सुरक्षाकर्मी र मेला हेर्न आउने दर्शकबीच मेलामा प्रवेशको विषयलाई लिएर झडप भएको थियो । धनकुटा नगरपालिका–५ तल्लो टुँडिखेलमा भइहेको महोत्सवमा दर्शक नअट्ने अवस्था आएपछि आयोजकले प्रवेशद्धार बन्द गर्न लगाएपछि झडप भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

महोत्सवस्थलमा भिड व्यवस्थापन गर्न सुरक्षाकर्मीले लाठी चार्ज गरेका थिए । अहिलेको अवस्था भने सामान्य रहेको एसपी लक्ष्मीराज अधिकारीले बताउनुभएको छ । माघ ६ गतेदेखि धनकुटामा महोत्सव सुरु भएको थियो । महोत्सव भोलिसम्म चल्नेछ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया