सन् २०२४ को कोपा अमेरिका फुटबल प्रतियोगिता अमेरिकामा हुने

 माघ १५, २०७९ आइतबार ६:५३:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सन् २०२४ को कोपा अमेरिका फुटबल प्रतियोगिता अमेरिकामा हुने भएको छ । यसअघि कोपा अमेरिका इक्वेडरमा हुने भनिएको थियो । तर, इक्वेडर सरकारले सुरक्षाका कारण प्रतियोगिता आयोजना गर्न नसकिने जनाएपछि अमेरिकामा हुने भएको हो ।

कोपा अमेरिका दोस्रो पटक दक्षिण अमेरिकाभन्दा बाहिर हुन लागेको हो । प्रतियोगितामा १६ टोली सहभागिता हुनेछन् ।  यसअघि सन् २०२१ को कोपा अमेरिका ब्राजिलमा भएको थियो ।

४७ औँ संस्करणको यो प्रतियोगिता अर्जेन्टिनाले जितेको थियो । साथै अर्जेन्टिना कतार विश्व कप फुटबलको विजेता समेत हो । 
 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया