हिउँ पन्छाएपछि खुल्यो नाग्म–गमगढी सडक खण्ड

 माघ १५, २०७९ आइतबार १२:९:३८ | रासस
unn.prixa.net

फाइल तस्बिर

जुम्ला - हिउँ जमेपछि पाँच दिनदेखि अवरुद्ध नाग्म–गमगढी सडक खण्ड सञ्चालनमा आएकाे छ । 

जुम्ला सडक डिभिजन कार्यालयले सडक खण्डको पिना–सातमोड–बुलबुले क्षेत्रमा जमेको हिउँ गरेर पन्छाएपछि अवरुद्ध सडक खण्ड सञ्चालनमा आएको हो ।

यही माघ १० गते रातिदेखि  ११ गतेसम्म हिमपात हुँदा यो क्षेत्रमा दुई फिटभन्दा बाक्लो हिउँ जमेको थियो । बाक्लो हिउँ जमेपछि नाग्म गमगढी सडकमा गाडीकाे आवतजावत बन्द भएकाे थियाे ।

कार्यालयले १२ गतेदेखि नै हिउँ पन्छाउन थालेकाे सुपरभाइजर जङ्गी विश्वकर्माले बताउनुभयो ।

 

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया