वैदेशिक रोजगारीमा रहेकाको लागि सामाजिक सुरक्षा योजना यी का...
चैत १५, २०७९ बुधबार
पाकिस्तानकाे पेशावर सहरमा एक मस्जिदमा बम विस्फाेटमा परेर ज्यान गुमाउनेकाे सङ्ख्या ३२ जना पुगेकाे छ । विस्फाेटमा एक सय ५० जनाभन्दा धेरै घाइते भएका बीबीसीले जनाएकाे छ ।
स्थानीय समयअनुसार सोमवार दिउँसो साढे १ बजेतिर मस्जिदमा मानिसहरू भरिभराउ रहेका बेला भएको विस्फोट भएको हो । ज्यान गुमाउनेमा केही प्रहरीसमेत रहेका छन् ।
विस्फाेटका कारण भवनको एउटा भाग ध्वस्त भएको र मानिसहरू भग्नावशेषमा पुरिएका अधिकारीहरूले बताएका छन् । घाइतेहरूलाई स्थानीय अस्पतालमा लगिएकाे छ ।
पाकिस्तानका विदेश मन्त्री बिलावल भुट्टो जर्दारीले आक्रमणको निन्दा गर्दै आतङ्कवाद र यसका सहयोगीहरूलाई कडाइका साथ कारबाही गरिने बताउनुभएको छ । घटनाको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन ।