एभर्टनको मुख्य प्रशिक्षकमा सेन डाइचे नियुक्त

 माघ १७, २०७९ मंगलबार ७:३९:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्लिस प्रिमियर लिग क्लब एभर्टनले सेन डाइचेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

इङ्लिस प्रशिक्षक डाइचेले एभर्टनसँग साढे दुई वर्षको सम्झौता गरेका छन् । उनी सन् २०२५ को जुनसम्म एभर्टनमा रहने छन् । एभर्टनले गएको हप्ता मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्डलाई बर्खास्त गरेको थियो । डाइचेलाई गएको अप्रिलमा बर्नलीले मुख्य प्रशिक्षकबाट बर्खास्त गरेको थियो ।

सेन डाइचेले जिम्मेवारी सम्हालेसँगै एभर्टनले आउँदो शनिवार प्रिमियर लिगको शीर्ष स्थानमा रहेको क्लब आर्सनलसँग खेल्दैछ । एभर्टन प्रिमियर लिगमा २० खेलमा मात्र तीन जित र १५ अङ्कको साथ १९औँ स्थानमा छ।  

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया