भारतको झारखण्डमा आगलागी हुँदा १४ जनाको ज्यान गयो, १२ जना घाइते

 माघ १८, २०७९ बुधबार ७:५१:४८ | एजेन्सी
unn.prixa.net

भारतको झारखण्डमा भएको आगलागीमा १४ जनाको ज्यान गएको छ । १२ जना घाइते भएका छन् । झारखण्डको धनवादमा रहेको एक अपार्टमेन्टमा गएराती आगलागी भएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार आगलागीमा ज्यान गुमाउनेमा महिला र बच्चा रहेका छन् । उनीहरु विवाह समारोहमा सहभागी रहेको खबरमा उल्लेख छ । आगलागीको समयमा भवनमा कति मानिस थिए भनेर खुलेको छैन । सुरक्षाकर्मी र अग्नि नियन्त्रकले भवनमा फसेका केहिको उद्धार गरेका छन् । साथै आगो निभाएका छन् । आगलागीको कारण खुलेको छैन ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाको दुःख व्यक्त गरी घाइतेको स्वास्थ्य लाभको कामना गर्नुभएको छ । 
 

अन्तिम अपडेट: साउन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया