फेसबुक चलाउँदा गरिने सामान्य गल्ती, जसका कारण 'ह्याक' हुने गर्छ खाता

 माघ १८, २०७९ बुधबार १९:३०:३८ | सन्ताेष सापकाेटा
unn.prixa.net

काठमाण्डाै – प्रविधिको युगमा सामाजिक सञ्जालबाट कोही टाढा छैनन् । नेपालमा पनि लाखाैँकाे सङ्ख्यामा सामाजिक सञ्जाल प्रयोगकर्ता छन् । तर के हामीले सामाजिक सञ्जाल जिम्मेवारीपूर्वक प्रयोग गरिरहेका छाैँ ? सामाजिक सञ्जाल प्रबन्धक सन्ताेष सापकोटाका अनुसार सामाजिक सञ्जाल प्रयोगकर्ताबाट हुने सामान्य गल्तीहरू यस्ता छन् :-

१. जुन पायो त्यही एप वा वेबसाइटमा फेसबुक लग इन : यसरी थर्ड पार्टी एप्सहरूलाई अनुमति दिँदा त्याे एप/वेबसाइटले प्रयाेगकर्ताकाे प्राइभेट डाटासम्म लिने गर्छ, जसले फेसबुक खाता ह्याकसम्म हुन सक्छ । यसरी अनुमति दिँदा त्याे एप/वेबसाइटले प्रयाेगकर्ताकाे टाइमलाइनमा पोस्ट गर्नेदेखि व्यक्तिगत जानकारी पनि लिन सक्षम हुन्छ ।

२. टू फ्याक्टर एथेन्टिकेशन अन नगर्नु प्रयाेगकर्ताकाे गल्तीमात्रै हाेइन मुर्खता पनि हुन सक्छ । यो सेटिङबाट प्रयाेगकर्ताले प्रत्येक पटक नयाँ उपकरण अथवा नयाँ लोकेसनबाट फेसबुक लग इन गर्दा आफूले दर्ता गरेको विकल्पअनुसार लग इन कोड पठाउने गर्दछ, जसको मद्दतले मात्र लग इन सफल हुनेछ ।

३. फेसबुक खातासाँग लिङ्क भएको इमेल/फोन नम्बर सुरक्षित नराख्नु : यसले प्रयाेगकर्तालाई तत्काल नभए पनि एकदिन पक्कै समस्या दिन्छ । पासवर्ड परिवर्तन गर्दा होस् या नयाँ फोनमा लग इन गर्दा या पासवर्ड बिर्सिँदा तपाईँलाई फेसबुक खाता लिङ्क भएकाे इमेल/फोनको आवश्यक पर्छ । ( लिंक भएको इमेलमा पनि टु फ्याक्टर एथेन्टिकेशन अन गर्न नभुल्नु होला ) ।

४. कुनै पनि वेबसाइटमा गएर आफ्नो डकुमेन्ट अपलोड गर्नु : कुनै पनि वेबसाइट जस्तै– जेपीइजी टु पीडीएफ कन्भर्टर जस्ता वेबसाइटमा गएर आफ्नो सरकारी डकुमेन्ट (पासपोर्ट, लाइसेन्स ) अपलोड गर्नु हुँदैन ।तपाईँकाे डकुमेन्टको मद्दतले फेसबुक खाता ह्याक हुन सक्ने खतरा हुन्छ । 

५. कुनै पनि एरियामा फ्री वाइफाईको प्रयोग : कुनै पनि ठाउँमा फ्री वाइफाई पाएँ भन्दैमा हत्तपत्त जोडेर चलाइ हाल्नु एकदम गलत हाे । जसले गर्दा तपाईँको फोनमा हमला गरेर फोन हाइज्याकसम्म गर्न सक्छन् ।

६. कसैले भाेट गर्दिनुस्/शेयर गर्दिनुस् भनेर पठाएको लिङ्क : यदि तपाईँलाई कसैले यो लिङ्क खोलेर फेसबुकमा लग-इन गरेर भोट गर्दिनुस् भन्छ अथवा कुनै पनि लिङ्क खोल्दा लग इन माग्छ भने सतर्क हुनुहाेस् । यस्ता लिङ्क खाेल्नु भनेकाे तपाईँको खाता ह्याक हुन एक कदममात्र बाँकी हुनु हाे ।

७. मेरो खातामा समस्या आयो, तपाईँको फोनमा आएकाे काेड दिनुस् भन्नु : यदि कसैले तपाईँलाई यो सन्देश पठाउँछ भने बुझ्नुस् त्यो मान्छेको खाता पहिले नै ह्याक भइसकेको छ । याे अवस्थामा कुनै पनि साेसल मिडियाबाट आएकाे कोड कसैसँग पनि शेयर गर्नु हुँदैन । यसरी कोड दिँदा तपाईँको खाता ह्याक हुने पक्का छ ।

८. अनलाइन कमाइ भन्दै पठाइएको लिङ्क : फलानो वेबसाइटबाट मैले यति कमाए भन्दै कसैले लिङ्क पठाउँछ भने कहिले पनि त्यो लिङ्क खोल्ने काम नगर्नुस्, एकै क्लिकमा खाता ह्याक हुन सक्छ ।

९. फेसबुक पेजमा विज्ञापन हालेको ७००/८०० डलर दिन्छौँ भन्ने इमेल : तपाईँकाे फेसबुक पेज हामीलाई मन पर्‍याे, त्यसमा विज्ञापन राखिदिनुस्, हामी यति पैसा दिन्छौँ भन्दै इमेल वा म्यासेज आउँछ भने त्यसलाई वस्ता नगर्नुस् । फकाइ–फकाइ तपाईँको पेज ह्याक गरिने छ ।

१०. ब्लुटुथ जति बेला पनि अन अवस्थामा छोड्नु : अहिले स्मार्ट घडी र एयरफोनका लागि ब्लुटुथ जुनसुकै बेला अन छोड्ने चलन छ तर यो निकै घातक हुन सक्छ । सीमित दायरामा भएको डिभाइसलाई ब्लुटुथकाे माध्यमबाट सजिलै सङ्क्रमित गर्न सकिन्छ । यसरी तपाईँको फेसबुकमात्र नभइ मोबाइलमा रहेको सबै कुरा ह्याकरको कब्जामा हुन्छ ।

अन्तिम अपडेट: जेठ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सन्ताेष सापकाेटा

सापकाेटा सामाजिक सञ्जाल प्रबन्धक हुन् । सापकोटाले नेपाल र भारतका केही सेलिब्रेटीहरूको सामाजिक सञ्जाल प्रबन्धकका रूपमा काम गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया